सुनसरी, ईटहरी उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय दिपेन्द्र राई र उनकै श्रीमती २५ वर्षीया शर्मीला राईलाई करिब २१ किलो अवैध लागूऔषध गाँजा सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ८८०४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पुष्पलाल पार्कबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-१४ मुरढाप बस्ने २० वर्षीय सरोज डंगोल समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पार्क नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-९ शिव खोलास्थित पूर्वपश्चिम राजमार्गबाट करिब ११ ग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ शान्तिनगर बस्ने २३ वर्षीय विकास रोका र सोही ठाउँस्थित अर्नवा बस्ने २० वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । नेपालगंजबाट लमहीतर्फ जाँदै गरेका रा.३ प ३५१९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




