कास्की, पोखरा महानगरपालिका(१४ मझेरी खोलास्थित ढुङ्गामा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ओखलढुङ्गा, सिद्दिचरण नगरपालिका(७ टोड्के बस्ने ४० वर्षीया मिना कुमारी श्रेष्ठ सिद्दिचरण नगरपालिका(७ स्थित टोड्के सामुदायिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई नसोधी हिडेकी उनको खोजी गर्ने क्रममा सोही जगंलमा शव फेला परेको हो ।
झापा, अर्जुनधारा नगरपालिका(६ बिहानी टोल डेरा गरी बस्ने सोही नगरपालिका(१० घर भएकी ४५ वर्षीया साबित्रा बिक आफ्नै डेराबाट करिब १ सय मिटर टाढा बाटो छेउमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
लमजुङ, सुन्दरबजार नगरपालिका(७ तल्लोबजारस्थित झिगेखोलाको झाडीमा सोही ठाउँ बस्न ५२ वर्षीय रामचन्द्र ढुंगाना सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, केराबारी गाउँपालिका(८ खदम खोलामा सोही गाउँपालिका(१० बस्ने ४० वर्षीय धन बहादुर निरौला सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, बुटवल उपमहानगरपालिका(१५ मैहिना पथस्थित नालामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
डुबेर २ जनाको मृत्यु
बर्दिया, ठाकुरबाबा नगरपालिका(५ गोबिन्दपुर बस्ने ३१ वर्षीय मान बहादुर थारुको सोमबार दिउँसो डुबेर मृत्यु भएको छ । सोही नगरपालिका(४ स्थित कुलोमा माछा मार्न गएको अवस्थामा कुलोमा डुबेर उनको मृत्यु भएको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका(११ बिजयनगरस्थित मामाघर बस्ने शिवराज नगरपालिका(११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीया बिनिता धोबीको डुबेर सोमबार साँझ मृत्यु भएको छ । बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार