नवलपरासी पूर्व विनयीत्रिवेणी गाउँपालिका १ होङसी जाने गेट अगाडी पूर्व पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा २ जना लागुऔषध सहित पक्राउ परेका छन् ।
लु १ ज ३९४८ नं.को कार चेकजाँच गर्ने क्रममा कारमा सवार गुल्मी सिर्सेनी ८ बस्ने वर्ष ३० का प्रेम बहादुर भुसाल र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १० बस्ने वर्ष २९ का
सोम बहादुर भण्डारीलाई लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुको साथबाट डाईजेपाम ४९० एम्पुल, फेनारगन ४९९ एम्पुल, ब्रुफेन ४८२ एम्पुल गरी १४ सय ७१ एम्पुल लागूऔषध र कार बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार