कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६, झोबाङ पश्चात् पोखरा लेकसाइडमा ब्यवसायिक रुपमा पनि ब्यवस्थित होटल सन्चालन गर्दै बिगत दुई दशक देखि अस्ट्रेलिया बस्दै आएका चिन बहादुर नेपालीले अस्ट्रेलिया मा हुन गैरहेको NRNS international coordination council (ICC) Member मा उम्मेद्वारी दिएका छन् । अष्ट्रेलिया बसेर पनि नेपालमा थुप्रै आर्थिक सहयोग गरेका नेपालीले त्यहा बस्ने बिद्यार्थीहरु, नेपालीहरु र व्यवसायमा रहेका व्यक्तिहरुको लागी चुनावमा होमिएको बताएका छन् । उनी बिगत सानै उमेर देखिनै सामाजिक काम र सामाजिक संघ सस्थामा आवद्ध हुँदै गाउकै त्यो बेला शितला प्रा.बि. मा बाल्यकाल मै गठीित अनेरास्ववियु को पाचौ सचिब हुदै नेपाल ट्रेकिङ मजदुर युनियनको क्षेत्रिय सदस्य नेपाल ट्रेकिङ ट्राभल ¥याफ्टिङ मजदुर युनीयन पश्चिमान्चलको अध्यक्ष साथै जिफन्ट कास्की को उपाध्यक्ष, मुक्ति समाज कास्की उपाध्यक्ष र कर्म थलो अस्ट्रेलिया आए पछी प्रबासी नेपाली मन्च क्विनल्याण्ड राज्य कमिटी अध्यक्ष र केही अरु सस्थामा पद ग्रहण गरिसकेका छन् । माथि उल्लेखित कर्म का आधारमा अनि अस्ट्रेलिया मा बसोबास गर्नुहुने नेपालीहरुले भोगेका समस्या र समाधानको बिषय र अझ बिद्यार्थी को हितको लागि आफ्नोे जिम्मेवार र मेरो ध्यान त्यता केन्द्रित हुने बताउँदै आफूलाई मतदान गरी निर्वाचित गनराउन समेत उनले सबैलाई अनुरोध गरेका छन् ।




