श्रीलंकाका अधिकारीहरुले नीलमको एक क्लस्टर (समूह) फेला परेको बताएका छन् । बहुमूल्य रत्नको व्यापार गर्ने एक व्यक्तिका अनुसार रत्नापुरामा रहेको एउटा घरको आँगनमा इनार खन्ने क्रममा उक्त नीलम फेला परेको बताएका छन् ।
रत्नापुरामा विभिन्न प्रकारका रत्नहरु पाइने गरेका छन् । जानकारहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा यो निलो रङ्गको यो नीलमको मूल्य करिब १० करोड डलर रहेको छ ।

अधिकारीहरुलाई अहिले यस विषयमा जानकारी गराएका थिए । तर, यो निलम सफा गर्न एक वर्षभन्दा लामो समय लाग्छ । त्यसपछि मात्र यसको सही मूल्यांकन गर्न सकिने बताइएको छ ।
श्रीलंका सबैभन्दा धेरै बहुमूल्य धातु निर्यात गर्ने मुलुकमध्येको एक हो । गत वर्ष श्रीलंकाले बहुमूल्य धातु निर्यात गरेर करिब ५० करोड डलर आम्दानी गरेको थियो । पछिल्लो समय महामारीको कारण बहुमूल्य धातुको उद्योग समस्यामा परेको समयमा सबैभन्दा ठूलो नीलम फेला परेको हो ।



