नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको बताएका छन् ।
कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिना देखी नेपालको मुख्य प्रशिक्षकको बहाल थिए ।




