लागुऔषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार तनहुँको व्यास नगरपालिका वडा नं. २ भोर्लेटारचोकबाट २ जना र बाग्लुङका २ जना गरि ४ जनालाई पक्राउ गरेको हो ।
पृथ्वी राजमार्गमा खटिएको प्रहरीको पिकेट डिउटीले बुटवलबाट पोखरा तर्फ आउँदै गरेको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा पर्वतको कुश्मा नगरपालिका ५ का बिकु मगर र उमेश क्षेत्रीको साथबाट फेनेरागन ४६ एम्पुल, डाईजापाम ४६ एमपुल र नुरफिन ४६ एम्पुलगरी १३८ एम्पुल लागुऔषध सहित उनिहरुलाई पक्राउ गरेको हो ।
यस्तै बागलुङको बागलुङ नगरपालिका ३ चिप्लेटी बसपार्क स्थित प्रहरी चेकिङ टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ध २ प नं.को मोटरसईकलमा सवार बागलुङ नगरपालिका ४ बस्ने वर्ष २२ को रोहन पुन र वर्ष २१ को प्रताप क्षेत्रीको साथबाट लागूऔषध ट्रामाडोल २५० पिस सहित पक्राउ गरेको हो ।
यि घट्नाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार