कस्तो राम्रो पढ्थे बाबु भान्जा भन्जी पहिलो
पब्जी अनि फ्रि फाएरले बिग्रेका छन् अहिले
मार्मिक गीतका सर्जक हुन् शिब अखेली । भिर्नी झोलामा, बाटैमा भाईरस जस्ता शब्दहरुका सर्जक जस्को धेरै गीत करोड क्लबमा छन् । पछिल्लो समय तारा पौडेल श्रेष्ठ र सन्तोष आरडीको स्वरमा लौजा चरी सन्देश (गाउँ जाने जीप–३) मा भएका शब्दले बिशेष महत्व राखेको छ । शिब अखेलीको शब्द तथा गोबिन्द पौडेलको लयमा गीत तयार भएको हो । तीजमा माईत जान नपाएकी चेलीको कथामा आधारीत गीतको भिडियो तारानाथ आचार्यले गरेका हुन् भने व्यवस्थापन सूर्यमान श्रेष्ठले गरेका हुन् । प्रमोद गुरुङको छायंकन भएको गीतलाई समिर रामदामले सम्पादन तथा सुबास अम्गाईको रंग संयोजन रहको छ । भिडियोमा चर्चित अभिनेत्री अप्सना थापाले मुख्य भूमीका खेलेकी छन् भने उनलाई सन्तोष पोखरेलले साथ दिएका छन् । हेर्नुहोस् यो मर्मस्पर्शी तीज गीत ।




