पर्साको वीरगंज महानगरपालिका १९ बर्वाबाट ७९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने वस्तु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पकाहामैनपुर गाउँपालिका १ धोरे बस्ने ५५ वर्षीय अमेरिका सहनी, ४० वर्षीय बरिष्टर सहनी र ५२ वर्षीय राम आदेश सहनी रहेका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ दुधमती हनुमान चोकबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका २ बस्ने ३५ वर्षीय राम कुमार महतो र क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने २१ वर्षीया रुबी कुमारी साह रहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका १ शान्तिनगरबाट १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय पारस बिकलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीकै टिकापुर नगरपालिका ७ कालाकुण्डाबाट ५ ग्राम ७ सय २० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित लम्कीचुहा नगरपालिका १० बस्ने २४ वर्षीय हिरासिंह चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका २ तेधरी बस्ने ४० वर्षीय प्रताप सिंह बोहरालाई २३ ग्राम ८९ मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी कैलाली कै गोदावरी नगरपालिका २ अत्तरीया पहाड रोडबाट ५ ग्राम ५ सय मिलिग्राम अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ, ११ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, ३ थान मोबाइल र नगद ३४ हजार ५ सय ७० रुपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यि सवै घट्नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार