निरन्तरको वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा संचालित खोप कार्यक्रममा कठिनाई देखिएको छ । अधिंकास स्थानहरुमा खोप ढुवानीमा समस्या भैरहेको अधिकारीहरु बताउँछन् । ढुवानी पश्चात पनि खोप केन्द्रहरुमा खोप पुर्याउनै मुस्किल छ ।
स्वास्थ्य अधिकारीहरु भन्छन्, “वर्षाका कारण पहाडी क्षेत्रमा सडकहरु अवरुद्ध छन् । कतिपय स्थानमा सडक संजाल नै टुटेको छ । खोला, खहरे र बाढिका कारण पहिरो झरिरहेको छ । सवै स्थानमा गाडी जादैनन्, यस्ता थुप्रै कारणहरु छन्, जसको तत्काल समाधान छैन् ।” ति अधिकारीहरुका अनुसार यस्ता कयौन समस्याका बाबजुत पनि खोप कार्यक्रमहरु संचालन गरिएका छन् । यि स्थानहरुमा हेलिकोप्टरको विकल्प नरेहको उनिहरुको बुझाई छ ।
सामाजिक संजालहरुमा साझा गरिएका सामाग्रीहरुमा खोप कार्यक्रमका दौरानमा अनौठा दृश्यहरु देखिन्छन् । ति दृश्यहरुमा बाध्यता र वास्तविकताका प्रतिबिम्बहरु पाईन्छन् । त्यसमा जिवनको रक्षाका लागि स्वास्थ्यकर्मीहरुको त्याग र योगदान देखिन्छ । कुनै तस्विरमा खोप लठ्ठीको साहाराले खोला तारिरहेको त, कति खोपका बाकसहरु नाम्लोमा बोकेर ढुवानी गरिरहेका देखिन्छन् ।
यस्ता प्रकारका दृश्यहरुले राज्य संचालनको बागडोर सम्हालीरहेका तालुक निकायहरुलाई गिज्याईरहेका छन् । विकासको अभावमा गुज्रिरहेका वास्तविक जिवनहरुको बाध्यता र परिबन्ध बोलिरहेका छन् । तर, पनि राज्य मौन देखिन्छ । कोरोनाका कारण वर्षदिनदेखी नागरिकहरु थुनिरहदाँ राजनीतिक नेतृत्व उत्सव मनाईरहेको छ ।
हजार कठिनाईहरु झेलेर स्वास्थ्यकर्मीहरु भने सेवामा खटिरहेका छन् ।
https://googlepokhara.com/covid-world-news-19/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार