नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्क बिच भेतवार्ता भएको छ । बिहान प्रचण्ड निवासमा उनिहरु बिच भेतवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरेका छन् । अध्यक्ष प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि र्पुयाउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनता प्रति कृतज्ञता समेत प्रकट गरेका छन् ।
सो अवसरमा अध्यक्षले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरे । भेटवार्ताका क्रममा राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने गरेको बताईन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि व्यक्त गरिन् ।
https://googlepokhara.com/gandaki-covid-update-17/




