प्रहरीले पोखरा महानगरपालिका वडा नं.१ बगरबाट ठूलो मात्रमा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १ बगर बस्ने वर्ष ४९ का अर्जुन कुमार गुरुङ रहेका छन् ।
पोखराको बगर क्षेत्रमा लागूऔषधको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले गुरुङलाई शंकास्पद अवस्थामा फेलापारी व्यक्ति र घर समेतको तलासी गर्दा निजको कोठाबाट सुटकेस भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापान ६७० एम्पुल, फेनारगन ६७० एम्पुल, नुर्फिन– ६७४ एम्पुल गरी जम्मा २०१४ एम्पुल लागुऔषध बरामद गरेको छ ।
उनको साथबाट नगद रु.५,२१,२०० र मोबाईल १ थान सहित फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङ उपर लागूऔषध सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान पनि भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
https://googlepokhara.com/samsad-meeting/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार