पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका–२ पिपरा टोल बस्ने २५ वर्षीय धर्मराज शाह कानुलाई प्रहरीले पक्राउ गरेको छ ।
कानुले ती किशोरीलाई असार १४ गते दिउँसो विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका–४ स्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरेका थिए । त्यसपछि पनि आफैसंग राखि उनले पटकपटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
https://googlepokhara.com/lagu-ausadha-baramad/




