गौरादह नगरपालिका–१ गेयुरिया बस्ने ४० वर्षीया संगिता टुडुको कुटपिटबाट बुधबार राति मृत्यु भएको छ ।
उनको आफ्नै श्रीमान ३९ वर्षीय उत्तिम ऋषिदेवले कुटपिट हत्या गरेका हुन् । फरार ऋषिदेवको ईलाका प्रहरी कार्यालय गौरादह र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खोजि गरिरहेको छ ।
र, घट्नाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।




