युरोकप २०२० को उपाधी इटलीले जितेको छ । इंग्ल्याण्डको बिम्बली स्टेडियममा सम्पन्न फाईनल खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै इटलीले उपाधी जितेको हो । इटलीले इंग्ल्याण्डलाई पेनाल्टी शुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्यो ।
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुदै पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको दोस्रो मिनेट नै गोल गरि अग्रता लिएको इंग्ल्याण्ड पहिलो हाफमा १–० ले अगाडी थियो । दोस्रो हाफ सुरु भएपछि खेलको ६७ औ मिनेटमा इटलीका लियोनार्दो बुलुचीले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन । यसअघि इंग्ल्याण्डका लागि खेलको दोस्रो मिनेट मै लुकी स ले गोल गरेका थिए ।
अतिरिक्त ३० मिनेको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा भने इंग्ल्याण्ड ३–२ ले पराजित हुनपुग्यो । खेल पोजिसन इटलीको ६२ र इंग्ल्याण्डको ३८ प्रतिशत थियो । इटलीका ५ जना र इंग्ल्याण्डका १ जना खेलाडीले यल्लोकार्ड पाएका थिए, भने इटलीले २१ र इंग्ल्याण्डले १३ वटा फउल गरेको थियो ।




