युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीबारबाट सर्वसाधारणका लागि प्राथमिक आईपीओ (आइपिओ) निष्काशन गरेको छ ।
कम्पनीले हाल कायम जारी पूँजी रु. २ अर्ब १५ करोड को ३० प्रतिशत अर्थात रु. ६४ करोड ५० लाख रकम बराबर प्रति आईपीओ रु. १०० अंकित दरका ६४ लाख ५० हजार कित्ता आईपीओ मध्ये ५ प्रतिशत आईपीओ बराबर ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत आईपीओ बराबर ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी ५८ लाख ५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो ।
यस कम्पनीको प्राथमिक निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार