आगामी असोजमा हुने एभेरेष्ट प्रीमियर लिग (इपिएल) क्रिकेटलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसि) ले मान्यता दिएको छ । इपीएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै इपीएल आयोजनाका लागि अनुमति दिइसकेकोछ । आइसीसीको मान्यता पाएपछि विदेशी खेलाडीको लागि पनि इपीएल खेल्ने बाटो खुलेको छ । यसअघि सन् २०१९ मा सम्पन्न तेस्रो संस्करणमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो ।
इपीएलमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स ११, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्ल्याडियटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार