जीवन विकास लघुवित्तको प्राथमिक शेयर (आईपीओ) लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बाँडफाँड गरेको छ।
गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो। जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।

लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो।
सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।



