ब्राजिल र अर्जेन्टीना कोपा अमेरीका २०२१ को फाईनलमा प्रवेश गरेका छन् । गयराति भएको खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल प्रतियोगीताको फाईनलमा पुगेको हो ।
क्वाटरफाईनलनमा चिलीलाई १–० ले हराएको ब्राजिलले सेमिफाईनलमा पनि पेरुलाई १–० ले नै पराजित गर्दै उपाधी भिडन्त पक्का गरेको हो । ब्राजिलका लागि खेलको ३५ औँ मिनेटमा लुकास प्याक्वयेटाले गोल गरेका थिए ।
यस्तै आज बिहान भएको दोस्रो सेमिफाईनल खेलमा कोलम्बियालाई पेनाल्टी शुटआउटमा ३–२ गोलले पराजित गर्दै अर्जेन्टिना प्रतियोगीताको फाईनलमा पुगेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयपनि गोल रहित बराबरीमा सकिएपछि नतिजाका लागि पेनाल्टि शुटआउटको साहारा लिईएको हो ।
निर्धारित समयको ७ औ मिनेटमा अर्जेन्टिनाका लाउट्रो मार्टिनेजले गोल गरि टिमलाई अग्रता दिलाएपनि खेलको ६१ औँ मिनेटमा कोलम्बियाका लुइस डियाजले जवाफी गोल पर्काएका थिए । त्यसपछिको समय गोल रहित रह्यो ।
पेनाल्टि शुटआउटमा अर्जेन्टिनाले ३ र कोलम्बियाले २ गोल गरेपछि अर्जेन्टिनाले ब्राजिलसंगको उपाधी भिडन्ड पक्का गरेको हो । अव यि टोली बिच उपाधाीका लागि ११ जुलाईमा घम्साघम्सी हुनेछ । त्यसअघि पेरु र कोलम्बिया बिच तेस्रोका लागि जुलाई १० मा प्लेअफ खेल हुनेछ ।




