डेनमार्क र इङ्ग्ल्याण्ड युरोकप फुटबल प्रतियोगीता २०२० को सेमिफाईनलमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क र युक्रेनलाई पराजित गर्दै इङ्ग्ल्याण्ड प्रतियोगीताको सेमिफाईनलमा पुगेका हुन् । यससंगै प्रतियोगीताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
यसअघि शुक्रबार रातिको खेलमा विजयी बन्दै स्पेन र इटली प्रतियोगीताको सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । अव प्रतियोगीताको सेमिफाईनलमा आगामी मंगलबार स्पेन र इटली तथा बुधबार डेनमार्क र इङ्ग्ल्याण्ड भिड्ने छन् ।




