डेनमार्क युरोकप २०२० को सेमिफाईनलमा प्रवेश गरेको छ ।
शनिबार राति सम्पन्न तेस्रो क्वाटरफाईनल खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्क प्रतियोगीताको सेमिफाईनलमा पुगेको हो । डेनमार्कका लागि थोमस डेलानी र कास्पर डोलबर्ग तथा चेकका लागि पेट्रिक सचिकले गोल गरेका हुन् ।
सेमिफाईनलमा डेकमार्क युक्रेन र इङ्ल्याण्ड बिच हुने क्वाटरफाईन विजेतासंग खेल्नेछ । यसअघि शुक्रबार रातिको खेलमा विजयी बन्दै स्पेन र इटली प्रतियोगीताको सेमिफाईनलमा प्रवेश गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार