गएको पाँच दिनमा दिनमा १९१ अंकले घटेको नेप्से सूचक मंगलबार एकैदिन ८० अंकले बढेको छ। यस दिन कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा नेप्से सूचक उच्च अंकले बढेको हो ।
मंगलबार नेप्से सूचक उच्च अंकले बढे पनि कारोबार रकम भने खासै बढ्न सकेन। १९ अर्ब भन्दा माथिसम्म पुगेको कारोबार रकम मंगलबार १० अर्ब रुपैयाँमा सिमित भएको छ ।
मंगलबार नेप्से सूचक ७९.४३ अंकले बढेर १९१३.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १६.२० अंकले बढेर ५३६.३४ विन्दुमा पुगेको छ। यस दिन २२३ वटा कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँमा खरिद बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार