गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।
भोलीबाट बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।
यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । अधिवेसन पोखरा सभागृहमा बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार