म्याग्दी बेनीकी सबिनालाई डाक्टरले दिएको डेलिभरी समय १२ दिन काट्दा पनि सुत्केरी व्यथा लागेन । उनी तत्कालै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आईन् । उनको त्यहा भिडियो एक्सरे देखी कोभिड परिक्षण सम्म भयो । उनीमा कोभिड पोजेटिभ देखिएपछि र भिडियो एक्सरेका रिपोर्ट हेरेपछि सुत्केरी व्यथा लागेपछि मात्र आउनु भनेर डाक्टरहरुले फर्काईदिए । एक त बेनीबाट आएकी महिला, अर्को कोभिड पोजेटिभ अझै १२ दिन डेलिभरी समय काटेको कारण परिवारजन चिन्तीत भयो । सरकारी अस्पतालले नै फर्काएछि उनीहरुले पोखराका केही अस्तालमा फोन घुमाए । कोभिड पोजेटिभ भन्ने बित्तिकै केही अस्पतालहरुले अप्रेसन गर्न नसक्ने बताएपछि उनीहरुले नागढुंगामा रहेको चरक मेमोरीयलमा सम्पर्क गरे र चरकमा उनको उपचार सम्पन्न भयो । हस्पिटलले कोभिड पोजेटिभ गर्भवती त्यी महिलाको सफल सल्यक्रिया गरी छोरा पाएको खबर उनको परिवाजनलाई दिईसकेको छ । उनका परिवारले पनि चरक ममोरीयलले आमा र बच्चा दुबैको ज्यान बचाईदिएकोमा धन्यवाद समेत दिएका छन् ।
उपचारमा संलग्न डाक्टरका अनुसार उनको बच्चाको धड्कन तलमाथी भईरहेको थियो, पाठेघरभित्रको पानी कम भएकाले तत्कालै अपरेशन गर्नुपरेको बताए । कोभिड लागेकोले बिशेष ख्याल राख्दै बच्चा र आमाको ज्यान जोखिमबाट बचाउने उपाय सहित अपरेशन सफल भएको डाक्टरहरुले बताए । काम गर्ने टोलीले उच्च सतर्कता अपनाएर उपचार गराईएको र कोभिडको असर र आमा बच्चाको स्वास्थ्य अवस्था हेरेर थप उपचार गरिने छ ।
चरक मेमोरीयल हस्पिटलका मेडिकल डाईरेक्टर डा. दिपक महर्जनले कोभिड र आकस्मीक बिरामीहरुको लागी बिशेष प्राथमिकता राखेर उपचार अगाडी बढाईएको बताए । पछि गर्दा पनि हुने अप्रेशनलाई छोडेर अहिले नै गर्नु पर्ने र कोभिडका बिशेष सिरियस केषहरुको उपचारमा चरक मेमोरियल रहेको समेत बताए । कोभिड उपचारका लागी ३७ बेडबाट १५ बेड क्षमता बिस्तार गरी ५२ बेडमा उपचार गराईराखिएको बताउँदै थप सुरक्षित र विश्वाशनीय स्वास्थ्य सेवामा उत्प्रेरीत भएको डा. दिपक महर्जन बताउँछन् ।
पछिल्लो समय पोखरामा कोभिडका बिरामी संख्या बढ्दो छ । दैनिक सयौंको संख्यामा बिरामीहरु थपिईरहेका छन् । जनतालाई कसरी सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा दिन सकिन्छ भनेर चरक दिनरात खटिएको हस्पिटलका म्यानेजिङ डाईरेक्टर कपिल पोखरेल बताउँछन् । हस्पिटलको पहिलो प्राथमिकता बिरामीको ज्यान जोगाउनु हो, सुरक्षित उपचार गरेर घर फर्काउनु हो । जनताको दुःख र सुःख दुबैमा चरकले साथ दिएको बताउँदै पोखरेल भन्छन्–हामी बिरामीको उपचारमा कुनै कमी हुन दिदैनौं, आवश्यकताको आधारमा उपचार अगाडी बढाउँछौं ।




