कास्कीको रुपा गाउँपालिकाले यसवर्ष पनि स्थापना दिवस पाँच दिवसीय कार्यक्रमका साथ मनाउने भएको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नवराज ओझाले आगामी २३ गतेदेखी २७ गतेसम्म रुपामा विभिन्न कार्यक्रमहरु आयोजना स्थापना दिवस मनाउने तयारी गरिएको जानकारी दिए ।
अध्यक्ष ओझाका अनुसार सो अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगीता २०७७, गाउँपालिकामा रहेका ७ वटै वडामा रहेका लोपोन्मुख जातजातिहरुको सांस्कृतिक परम्पराको जगेर्ना तथा संरक्षण गर्ने उद्देश्यले गाउँपालिका स्तरिय सांस्कृतिक झाँकी प्रदर्शनी प्रतियोगीता लगायतका कार्यक्रमहरु आयोजना गरिनेछन् ।
साथै मौलिक कला र संस्कृतिलाई प्रोत्साहन गर्ने गरि स्थानिय स्तरमा उत्पादन हुने विभिन्न प्रजातिका फुल तथा दुवोको माला प्रतियोगीता र विभिन्न ख्यातीप्राप्त कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुतीहरु समेत सो अवसरमा हुने अध्यक्ष ओझाले जनाए ।

सो अवसरमा हुने भलिबल प्रतियोगीताको विजेतालाई नगद रु.८० हजार, ट्रफी मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद रु.६० हजार, ट्रफी मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई नगद रु.४० हजार, ट्रफी मेडल र प्रमाणपत्र र साम्त्वना हुनेलाई नगद रु.३० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
यस्तै बेस्ट स्पाईकर, बेष्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट सेटर र बेस्ट लिब्रोलाई नगद रु.३–३ हजार तथा बेस्ट प्लेयरलाई नगद रु.५ हजार र अनुसासित टिमलाई मायाको चिनो प्रदान गरिनेछ । झाँकी तर्फ पहिलो पुरस्कार नगद रु.३५ हजार, द्धितिय पुरस्कार नगद रु.२० हजार र तृतिय हुनेलाई नगद रु.१५ हजार प्रदान गरिने छ ।


र, दुवोको माला प्रतियोगीतामा प्रथम हुनेलाई नगद रु.४ हजार, द्धितिय हुनेलाई नगद रु.३ हजार र तृतिय हुनेलाई नगद रु.२ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ । रुपा गाउँपालिकाले यसअघिका वर्षहरुमा पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउने गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार