नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाली फुटबलमा पहिलो पल्ट फ्रेन्चाइज लिग हुन लागेको हो । प्रतियोगिता वैशाख ११ देखि २५ सम्म हुनेछ ।
प्रतियोगिताको पहिलो संस्करण दशरथ रंगशालमा हुनेछ र त्यसमा विभिन्न प्रदेशको सहरका फ्रेन्चाइज टिमले भाग लिनेछन् । प्रतियोगिताबारे सहभागी हुने टिम र त्यसका मालिकबारे अहिले गृहकार्य भइरहेको छ । खेलाडीको चयन भने लिलामीको माध्यमबाट गरिनेछ ।
त्यसमा नेपालका राष्ट्रिय, घरेलु र अन्य खेलाडीको समूह बनाएर खेलाडी लिलामी हुनेछ । यस्तै लिलामीमा विदेशी खेलाडीको अलगै समूहमा हुनेछ । एनएसआईएका अनुसार प्रतियोगितामा छ देखि आठ टिमसम्म हुन सक्नेछ । यस्तै प्रत्येक टिममा २० खेलाडीसम्म हुन सक्नेछ । प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्ष भने एन्फाले हेर्नेछ ।




