पोखरामा स्व.महेश खड्का स्मृति कप क्लव स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीता २०७७ हुने भएको छ । प्रतियोगीता यहि फाल्गुन १२ देखी १५ गतेसम्म आयोजना गरिने आयोजक युनाईटेड पोखरा क्लव कास्कीले जनाएको छ ।

पोखरा रंगशालामा हुने उक्त प्रतियोगीतामा पुरुष तर्फ पहिलो हुनेले नगद रु.८० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले नगद रु. ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा महिला तर्फ पहिलो हुनेले नगद रु.२५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले नगद रु.१५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै विधागत रुपमा विभिन्न पुरस्कारहरु समेत प्रदान गरिने छ ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको दागि खेलकुद भन्ने नाराका साथ आयोजित सो प्रतियोगीतामा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।




