विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख ३६ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण२३ लाख ३६ हजार २४२ बढिको मृत्यु भैसकेको छ । १० करोड ७० लाख ३ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म ७ करोड ८८ लाख ४७ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, २ करोड ५६ लाख ७२ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख ३ हजार बढिको अवस्था गम्भिर रहेको छ । २ करोड ५७ लाख बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २२१ देशमा फैलिएको छ ।




