गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस दलका नेता कृष्णचन्द्र नेपालीले संकल्प प्रस्ताव पेश गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि थप कदमहरु चाल्ने सम्बन्धमा संकल्प प्रस्ताव पेश गरेका हुन् ।
यस अवधिमा कोरोना भाइरसको संक्रमणका कारण नागरिकहरुको अवस्था थप जटिल बनेको प्रति सरकार मुकदर्शक बनेको उनको आरोप छ । सरकार समस्याको पहिचान भन्दा प्रचारमा रमाएको उनले बताए ।
कोरोनाका कारण नागरिकलाई सास्ती भएकाले कोरोनोको परिक्षण दर बढाउने र खोपको आवश्यक व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।




