विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ७० हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण १९ लाख ७० हजार बढिको मृत्यु भैसकेको छ । ९ करोड २० लाख ९ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म ६ करोड ५८ लाख २२ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, २ करोड ४२ लाख १६ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख १० हजार बढिको अवस्था गम्भिर रहेको छ । २ करोड ४१ लाख बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २२१ देशमा फैलिएको छ ।




