विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख १२ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण १२ लाख १२ हजार ११६ बढिको मृत्यु भैसकेको छ । ४ करोड ७३ लाख ६३ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म ३ करोड ४० लाख ६० हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, १ करोड २० लाख ९१ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ८६ हजार ६ सय बढिको अवस्था गम्भिर रहेको छ । १ करोड २० लाख बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१८ देशमा फैलिएको छ ।




