कोरोना भाइरस (कोभिड १९) महामारीको संकटका बीच वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने प्रस्ताव आयोजक मुलुक श्रीलंकाले गरेको छ । अहिले सम्मेलनको मिति तय गर्न सदस्य राष्ट्रहरुबीच वार्ता भइरहेको छ ।
चौथो सम्मेलनपछि बिमस्टेकको अध्यक्ष राष्ट्र बनेको श्रीलंकाले सम्मेलनको तयारी अगाडि बढाएको छ । कोभिड–१९ को महामारी कम भएमा भौतिक रुपमा नै सम्मेलन गर्ने र इदि त्यसो हुन नसके भर्चुअल विधिबाट भएपनि सम्मेलन गर्ने तयारी छ । शिखर सम्मेलन अगाडि बिमस्टेक देशका परराष्ट्र मन्त्रीहरुको बैठक गर्ने तयारी समेत अगाडि बढाइएको छ । गत वर्षको सम्मेलनमा यसै महिना सम्मेलन गर्ने समझदारी कायम गरेपनि कोभिड–१९ को महामारीका कारण सम्भव हुन सकेन् ।
http://googlepokhara-com.stackstaging.com/corona-death-gandaki/
बिमस्टेकको चौथो शिखर सम्मेलन सन् २०१७ को अगष्ट ३०–३१ मा काठमाडौँमा भएको थियो । स्थापनाको दुई दशक भइसक्दा पनि यस बीचमा बिमस्टेकका जम्मा ४ वटा मात्र सम्मेलन भएको छ । बिमस्टेकले विभिन्न क्षेत्रगत प्राथमिकता अनुसार काम गरिरहेको छ । दीर्घकालीन विकास लक्ष्य अनुसार सन् २०३० भित्र यस क्षेत्रमा गरिबीलाई उन्मुलन गर्ने लक्ष्य विमस्टेकले लिएको छ ।
यस क्षेत्रको कनेक्टीभिटीलाई बढाउन बिमस्टेकले बिमस्टेक मोटर सम्झौतालाई अन्तिम रुप दिने काम गरिरहेको छ भने बिमस्टेक कोस्टल सिपिङ सम्झौतामा पनि छलफल भइरहेको छ । त्यसैगरी बिमस्टेक स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रुप दिने काम पनि भइरहेको छ । उर्जा क्षेत्रमा भने विमस्टेक ग्रिड कनेक्सनको समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ भने इनर्जी सेन्टर सञ्चालनको काम पनि अगाडि बढिरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-28/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार