पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत आंशिक प्रध्यापकहरुले आज थाल बजाएर विरोध प्रदर्शन गरेका छन् । समान कामको समान ज्याला माग गर्दै आन्दोलनमा उत्रिएका उनिहरुले आज क्याम्पस गेटदेखी प्रशासनिक भवनसम्म थाल बजाएर विरोध प्रदर्शन गरेका हुन् । उनिहरुले आफ्नै शब्दमा भनेका छन्, ‘त्रिविका कुम्भकर्णहरु १४ वर्षदेखी निदाइरहेका छन्, उनिहरुलाई थालको चर्को आवाजले बिउझाउने प्रयत्न स्वरुप थाल बजाएर विरोध गरेका हौ ।’
उनिहरुले त्रिभुवन विश्वविद्यालयले आफुहरुको समानता र स्वतन्त्रताको हक खोसेको र श्रमगरि खान पाउने हकको समेत कुण्ठित गरेको उनिहरले आरोप लगाए । समान कामको समान ज्याला नपाएको, बौद्धिक वर्गमाथी शोषण र अत्याचार गरिएको र आफुहरुको सालिन आन्दोलनलाई सम्बन्धित निकायले वेवास्ता गरेको उनिहरुले बताए । बौद्धिक शोषणको चरम उत्पिडनमा परेका आंशिक प्रध्यापकहरुले आफुलाई बाध्य पारिए कठोर प्रकृतिको आन्दोलनमा प्रवेश गर्ने चेतावनी दिएका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-35/
आफुहरुलाई थप आन्दोलनका लागि बाध्य पारिए परिस्थिती प्रतिकुल हुने उनिहरुले बताएका छन् । अतिभए आफुहरु बौद्धिकताको सिमा नाघ्न बाध्य हुने उनिहरुको चेतावनी छ । ज्यालादारीमा त्रिभुवन विश्वविद्यालय संचालन गर्ने गलत नियत बोकेका अधिकारीहरुका कारण आफुहरु निरन्तर आन्दोलनमा रहनुपरेको उनिहरुको आरोप छ ।
यसअघि उनिहरुले क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइराला सहित सहायक क्याम्पस प्रमुखलाई गेटमै रोकेका थिए । त्रिभुवन विश्वविद्यालयको इतिहाइस मै क्याम्पसमा कार्यरत प्राध्यापक एवं शिक्षकले आन्दोलनका क्रममा तालाबन्दी र क्याम्पस प्रमुखलाई रोक्ने घटना पहिलो पटक भएको छ । तर, आन्दोलनरत आंशिक प्राध्यापक एवं शिक्षकाले राखेका माग पुरा गर्न आफुसँग कुनै अधिकार नभएको क्याम्पस प्रमुख कोइरालाले बताएका छन् । त्रिभुवन विश्वविद्यालयले भदौ १ गतेदेखि लागु गर्ने गरी ल्याएको ‘अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका–२०७७’ लाई आंशिक प्राध्यापक र शिक्षकले अस्विकार गरेका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-6/
अहिले आंशिक प्राध्यापक र शिक्षकले प्रति कक्षा ३ सय रुपैयाँमा अध्यापन गराइरहेका छन् । जबकी दरबन्दीमा कार्यरत प्राध्यापक तथा शिक्षकले प्रति कक्षाको १ हजार ५ सय भन्दा बढी लिने गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा मात्रै ७० प्रतिशत कक्षाभार आंशिक प्राध्यापक र शिक्षकले लिँदै आएका छन् । क्याम्पसमा अहिले २ सय २० जना आंशिक शिक्षक एवं प्राध्यापक कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार