विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ३३ हजाार नाघेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण १० लाख ३३ हजार २२६ जनाको मृत्यु भैसकेको छ । ३ करोड ४८ लाख २८ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म २ करोड ५८ लाख ९२ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७९ लाख ३ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६६ हजार २ सय बढिको अवस्था गम्भिर रहेको छ । ७८ लाख ३७ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।




