नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलीदेखि चितवनमा हुने भएको छ । नेपाली क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको बोर्डले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-nepal-20/
देशभरिका पदाधिकारीलाई भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा पनि छलफल हुनेछ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-30/
आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताए । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । हाल क्यानमा ३९ जिल्ला आबद्ध रहेका छन् ।
http://googlepokhara-com.stackstaging.com/samajek-sewa-dewas/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार