सोमबारदेखी पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु हुने भएपछि व्यवसायीहरु उत्साहित भएका छन् । कोराना भाईरसको महामारीका कारण मुलुक लकडाउन भएपछि गत चैत्र ११ गते व्यवसायीक उडानहरु बन्द भएको थियो । पछिल्लो समय सरकारले लकडाउन खोलेको र आन्तरिक हवाई उडान समेत सुचारु गर्ने तयारी गरेसंगै पोखरा पनि प्यालाग्लाईडिङको व्यवसायीक उडान हुन लागेको हो ।
http://googlepokhara-com.stackstaging.com/pokhara-mun-covid-4/
कोरोनाका कारण विगत ६ महिना देखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि सोमबारबाट नेपाल हवाई खेलकुद संस्था (ना) ले तयारी शुरु गरेको हो । नेपाल सरकारले सोमबारदेखी औपचारिक रुपमा अन्तराष्ट्रिय, आन्तरीक तथा लामो दुरीका सवारी समेत संचनलनको तयारी गरेपछि नाले समेत आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यवसायिक उडान शुरु गर्ने तयारी गरेको अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
http://googlepokhara-com.stackstaging.com/lamjung-covid-3/
पोखरामा सञ्चालित प्याराग्लाइडिङका ६० भन्दा वढी व्यवसायिक कम्पनीहरु वन्द रहेसँगै खोल्ने तयारी थालिएको अध्यक्ष भण्डारीले बताए । उनले कोरोनाको जोखिमका कारण वन्द रहेका कम्पनीहरु खोलेर उडानका लागि वुकिङ शुरु गर्न भनिएको बताएका छन् । उनले अहिले विदेशी पर्यटक भन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यवसायिक उडान शुरु गरिने बताए । कोरोनाको जोखिम सँगै पोखरामा सञ्चालित प्याराग्लाइडिङ कम्पनीहरुले लाखौंको घाटा व्यहोर्नु परेको र कतिपयका व्यवयसाय नै धरापमा परेकोले आवश्यक सावधानीका साथ आफूहरु उडानको लागी तयार रहको प्याराग्लाईडिङ पाईलट तथा ओपन स्काई प्यराग्लाईडिङका संचालक सर्मिला शर्माले बताईन् ।
http://googlepokhara-com.stackstaging.com/inc-youth-milan/
बिगत ५ बर्षदेखी पोखरामा रहेर व्यवसायीक प्याराग्लाइडिङ पाईलट रहेका नुरेन राना भने उडान हुने भएपछि उत्साही भएको बताउँछन् । परिस्थिती सहज हुने र फेरी पोखराको आकाशमा उड्नेहरुको भीड देख्न पाईनेमा उनी आशाबादी छन् । पोखराको सराङकोटवाट उडान हुने पोखराको प्याराग्लाइडिङ इतिहास २० वर्ष भन्दा पुरानो हो भने पछिल्लो समयमा विशेष गरि चिनियाँ पर्यटकका लागि प्याराग्लाइडिङ थप आर्कषण वनेको छ ।
६ महिना देखि वन्द भएको प्याराग्लाइडिङको सोलो उडान भने असोज १ गते देखी नै शुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार