निकै लामो समयदेखी ग्यारेजमा ठन्किएका लामो दुरीका सवारी साधनहरु आजदेखी संचालनमा आएका छन् । गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजबाट सन्चालनमा आएका हुन् । कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिना पछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो ।
http://googlepokhara-com.stackstaging.com/court-bida/
अज विश्वकर्मा पूजाको दिन पारि पूजा सकेर गाडीहरु चलाउने निर्णय गरिएको यातायात व्यवसायीहरुले बताएका छन् । साबिक भाडामा ५० प्रतिशत बढी लिन पाउने तर सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउन पाइने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।

http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-add-27/
स्वास्थ्य सावधानीका उपाय पालना गरेरनगरेको पत्ता लगाउन ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । यातायात व्यवसायी र चालक महासंघले आजबाट गाडी चलाउन र सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ ।



