संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

http://googlepokhara-com.stackstaging.com/karnali-covid-19/
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन् । कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुनेपनि उनले बताए ।

http://googlepokhara-com.stackstaging.com/nepal-covid-4/
विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरु मार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताएका छन् । कोरोना भाइरसका कारण विश्वभर ९ लाख ४० हजार बढिको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार