त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा नेपाल मै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिनियरिङ विषयको पठनपाठन सुरु गरिएको छ । सुरुङ इञ्जिनियरिङका सम्बन्धमा दक्ष जनशक्ति स्वदेश मै उत्पादन गर्ने लक्ष्यसहित स्नातकोत्तर तहमा रक एण्ड टनेल विषयको पढाइ सुरु गरिएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-gandaki-add-3121/
क्याम्पस प्रमुख इििञ्जनियर रामप्रसाद पौडेलका अनुसार सिभिल इञ्जिनियरिङमा स्नातक उतिर्ण भई इञ्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १०० मध्येबाट ‘मेरिट लिष्ट’का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष तीन महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन सुरु गरिएको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-world-news-3/
कोरोना जोखिमका कारण हाल भर्चुअल विधिबाट अध्ययन अध्यापन सुरु गरिएको छ । सो कार्यक्रम दुई वर्षे कोर्षको हुनेछ । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी गरिएपनि बन्दाबन्दीका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । गण्डकी प्रदेश सरकारले सुरुङ इञ्जिनियरिङको पठनपाठनमा सहयोग गरेको छ ।



