बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछन् । मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन् ।
http://googlepokhara-com.stackstaging.com/sahara-sports-award-2076/

यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् । बार्सिलोनाका एन्टोनी ग्रीजमन सातौं, रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौँ स्थानमा छन् ।



