विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख १३ हजार ९०८ जनाको मृ-त्यु भैसकेको छ । २ करोड ८३ लाख २३ हजार ७ सय बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/kulman/
हालसम्म २ करोड ३ लाख ३९ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७० लाख ७० हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६० हजार ७ सय बढिको अवस्था गम्भिर रहेको छ । ७० लाख १० हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

http://googlepokhara-com.stackstaging.com/bharatpur-covid-report/



