चीन संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गरेको जनाएको छ । यस प्रमाणीकरणले हिमालय एअरलाइन्स्कोे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जीनियरिङ्ग सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गर्ने कम्पनीले विश्वास लिएको छ । आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्धारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो जसले एक प्रभावकारी गुणस्तर प्रणाली मार्फत उत्पादन र सेवाहरुले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न सुनिश्चित गर्दछ ।
हिमालय एअरलाइन्स्को आईएसओ ९००१–२०१५ मान्यतामा काम गर्ने प्रतिबद्धताले ग्राहक र नियमनकारी निकायको आवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवाहरु निरन्तर प्रदान गर्न सक्ने क्षमतालाई प्रदर्शन गर्नेछ । एअरलाइन्सले भनेको छ, ‘आईएसओ ९००१–२०१५ अनुरुप बन्न एअरलाइन्स्ले व्यापक कम्पनी अडिटलाई अंगिकार गरेकोे छ, जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मुल्याङ्कन र नन् – कन्फर्मेन्सको निकासी समावेश थियो ।’




