विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नजिक पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ८ लाख ९६ हजार ८ सय जनाको मृत्यु भैसकेको छ ।
२ करोड ७४ लाख बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् । हालसम्म १ करोड ९५ लाख ८५ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७० लाख २ हजार बढिको उपचार भैरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/weather-news-05-23/
उनिहरु मध्ये ६० हजार २ सय बढिको अवस्था गम्भिर रहेको छ । ६९ लाख ४२ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।
http://googlepokhara-com.stackstaging.com/karye-sampadan-samjhauta/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार