सरकारले राष्ट्रिय योजना आयोगको सदस्य रहेका सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई ४ वर्षे कार्यकालका लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
http://googlepokhara-com.stackstaging.com/who-5/
यसअघि बोर्डमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सीईओ थिए । उनि गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो ।
लगानी बोर्डको सीईओका लागि सुशील भट्ट, डा.सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम सिफारिस गरिएकामा सरकारले भट्टलाई नियुक्त गरेको हो ।
आजको बैठकले वरिष्ठ सहसचिव वीर बहादुर राईलाई सचिवमा बढुवा पनि गरेको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-death-58/



