रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि सिफारिस गरिएका छन् ।
आज सदस्य सचिव सिफारिस समितिले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-discharge-2/
सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य तथा महिला सदस्यबाट सिफारिस भएकी अन्जु राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान हुन् ।
सिफारिस समितिले आज मात्रै तीन जनाको नाम सिफारिस गरेको हो । समितिले वर्णानुक्रम अनुसार अन्जु श्रेष्ठ, रमेश कुमार सिलवाल र लिल बहादुर थापा मगरलाई सिफारिस गरेको बताएको छ ।
http://googlepokhara-com.stackstaging.com/teachers-strike-pokhara/
यसअघि ६ पटकसम्म समितिको बैठक बसेको थियो । अब बस्ने मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई राखेप सदस्य सचिवमा नियुक्ति गर्नेछ । सदस्य सचिवका लागि २७ जनाले आवेदन दिएका थिए ।
http://googlepokhara-com.stackstaging.com/class-12-exam/




