कोरोना भाइरस संक्रमण रोक्ने उद्देश्यले सरकारले आह्वान गरेको लकडाउनका कारण चैत्र ११ गतेदेखी रोकिएका पोखराका सार्वजनिक बसहरु भोलिदेखी संचालन हुने भएका छन् ।
पोखराको बजारका विभिन्न रुटहरुमा बसहरु संचालन गर्ने तयारी गरिएको पोखरा यातायात प्रा.लिले बताएको छ । झण्डै ४ सय बसहरु आवद्ध कम्पनीले पहिलो चरणमा ५० प्रतिशतको हाराहारीमा बसहरु संचालन गर्ने भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-death-42/
तर, सेवासंचालनको कार्यविधि आईनसकेकाले अन्यौलताहरु भने कायमै रहेका कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले बताए । यसका विषयमा स्थानिय अधिकारीहरुसंग छलफल गरिने उनको भनाई छ ।
बससंचालन पुर्व अपनाउनु पर्ने आवाश्यक सुरक्षाका उपायहरुका बारेमा आफुहरु उपयुक्त कार्यविधिको प्रतिक्षामा रहेको उनले बताए । सामान्य अवस्थामा पोखराको बजारमा निकै ठुलो संख्यामा सार्वजनिक बस र ट्याक्सीहरु संचालन हुने गरेका थिए ।
http://googlepokhara-com.stackstaging.com/covid-18/




