कपडा व्यवसायी एशोसियसन कास्कीद्धारा आयोजित रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । रक्तसंचार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम एशोसियसनको नियमित वार्षीक कार्यक्रम हो ।
पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता विष्णु अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्धघाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले हालै मात्र नेपाल राष्ट्र बैकद्धारा जारी मौद्रिक नीतिले व्यवसायीका समस्याहरु सम्बोधन गर्ने प्रयास गरेको बताए ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1317/
कार्यक्रममा एशोसियसनका संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी, चिप्लेढुगां सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष डिबी भुजेल, भाडा व्यवसायी समिति कास्कीका अध्यक्ष बलराम तिमिल्सीनाले बोलेका थिए ।
यस्तै थोक व्यवसायी संघ पोखराका अध्यक्ष टामलाल घिमिरे, फेन्सि तथा रेडिमेड व्यवसायी संघ कास्कीका प्रथम उपाध्यक्ष राजु पौडेल, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष एकनारायण पनेरु र बुद्धविशाल बजार व्यापारीक एशोसियसनका उपाध्यक्ष शिव शर्माले पनि बोलेका थिए ।
http://googlepokhara-com.stackstaging.com/gandaki-police-hospital/
सो अवसरमा आगलागि पीडित एशोसियसनका साधारण सदस्य स्मार्ट फेसनका संचालक पशुपति ताम्राकारलाई नगद रु.१० हजार सहयोग प्रदान गरिएको छ । एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विरेन्द्र कुवंर र संचालन महासचिव धर्ममानसिह भण्डारीले गरेका थिए ।
२०५४ सालमा स्थापित एशोसियसनमा २५० बढि व्यवसायीहरु आवद्ध रहेका छन् ।




