गण्डकी प्रदेश सरकारले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनमा रु.५१ करोड बढी खर्च भएको बताएको छ ।
चैत ११ देखि असार मसान्तसम्म ४ महिनाको अवधिमा कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनमा रु.५१ करोड ३४ लाख खर्च भएको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-17502/
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना कोषबाट असार मसान्तसम्म रु.१८ करोड ५४ लाख खर्च भएको छ । कोभिड–१९ सम्बन्धी औषधी र उपकरण खरिदमा ५ करोड ५ लाख, पीसीआर परीक्षण गर्ने भीटीएम सहित पीपीई, किट, आरडिटि र पीसीआर मेसिन खरिदमा ७ करोड ७६ लाख खर्च भएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार भत्तामा मात्रै पौने ६ करोड रुपैयाँ खर्च भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेडको आइसोलेसन तयार गर्न रु.५० लाख खर्च भएको छ । बागलुङको धौलागिरी अस्पतालमा आइसियू वार्ड तथा आइसोलेसन स्थापना गर्न रु.६० लाख, विभिन्न जिल्लामा आइसोलेसन वार्ड स्थापना गर्नका लागि रु.१ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

http://googlepokhara-com.stackstaging.com/oli-prachanda-2/
तालिम र अभिमुखीकरण शीर्षकमा रु.६० लाख खर्च भएको मन्त्रालयले बताएको छ । कोरोना कोषमा हालसम्म रु.३४ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ । यस्तै जोखिम भत्ता रु.५ करोड २७ लाख, स्थानीय तहलाई राहत रु.६ करोड ९० लाख, प्रदेश तहका सुरक्षा निकायलाई रु.४५ लाख, सबै जिल्ला प्रशासन कार्यालयलाई रु.१ करोड ४५ लाख दिइएको सरकारले बताएको छ ।
जिल्ला अस्पतालहरुलाई गाडी किन्न रु.४ करोड ९५ लाख र आइसियू कक्ष स्थापनामा रु.१३ करोड ७८ लाख रुपैयाँ निकासा दिइएको छ ।

http://googlepokhara-com.stackstaging.com/bus-chalne/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार