पोखरा महानगरपालिका वडा नंं. २८ र मादि गाउँपालिका वडा नं. ५ को सिमानामा पर्ने सुनपदेलीमा बाढि पसेपछि झण्डै २ सय रोपनी क्षेत्रफल खेत बगरमा परिणत भएको छ ।
स्थानिय सुनपदेलि ठाडो सोताखोलामा आएको बाढि कृषकको धानखेतमा पसेपछि बगरमा परिणत भएको पोखरा २८ का वडा अध्यक्ष निर्मल दियालीले सिसिएमलाई जानकारी दिए ।
अघिल्लो राति भएको वर्षाका कारण आएको बाढि स्थानिय ५० बढि कृषकहरुको धानखेतमा पसेको अध्यक्ष दियालीले बताए ।

थप क्षति रोक्नका लागि तत्काल पहिरो नियन्त्रण र खोला छेउमा तटबन्धनको आवाश्यकता देखिएको उनले बताए ।
सो कार्यका लागि स्थानिय युवा पुष्पज्योति ढुंगानाले नगद रु.१० हजार सहयोग, जिल्ला समन्वय समिति कास्कीले जालि र वडा कार्यालयले जेसिविको व्यवस्था गर्ने तयारी भैरहेको अध्यक्ष दियालीले जानकारी दिए ।

| महत्वपुर्ण सुचना : कृपया हाम्रा सामाग्रीहरु अनुमति विना प्रयोग नगर्नुहोला । ©ccm2020 |

खोला छेउमा खेत भएको र नदि नियन्त्रणमा आवश्यक सावधानी नपनाईएका कारण आफुहरुले पटक पटक क्षेति वेहोर्नु परेको कृषकहरुको गुनासो छ ।
पीडित किसानहरुको आग्रहमा स्थानिय जनप्रतिनिधिहरुले सो क्षेत्रको अवलोकन समेत गरेका छन् ।



