चार महिनापछि फेरि मैदान फर्किएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो दिन वर्षा बाधक बन्दा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेष्टको पहिलो दिन १७.४ ओभरमा सकिएको छ ।
कोरोना महामारीले गत मार्चदेखि स्थगित क्रिकेट ११७ दिनपछि पुनरागमन भएको हो । तीन टेष्टको सिरिज अन्तर्गत बुधबारदेखि पहिलो टेष्ट सुरु भएको हो । साउथह्याम्पटनको एजेस बाउलमा भएको खेलमा बारम्बार वर्षा भएपछि खेलमा बाधा पुगेको हो ।

http://googlepokhara-com.stackstaging.com/long-root-bus/
नियमित कप्तान जो रुट अनुपस्थित भएपछि इंग्ल्याण्डको नेतृत्व गरेका बेन स्टोक्सले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसअघि नै सुरु भएको वर्षाले गर्दा लन्चसम्म खेल नै हुन सकेन ।
त्यसपछि पनि दुई पटक वर्षाले खेल प्रभावित हुँदा जम्मा १७।४ ओभरको खेल भयो । पहिलो दिन इंग्ल्याण्डले १ विकेट गुमाएर ३५ रन जोडेको छ ।
अर्का ओपनर रोरी बन्र्सले ५५ बलमा ३ चौकासहित अविजित २० रन बनाएका छन् । जो डेनली १४ रनमा अविजित छन् ।

http://googlepokhara-com.stackstaging.com/covid-16531/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार